काठमाडौँ : बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आइतबार राती आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि नेपाली कांग्रेसका सांसदहरुले २ दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदका प्रतिनिधिहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने जानकारी दिएका हुन् ।
आधीहुरीबाट बारा र पर्सामा गरी २७ को मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५