काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार बारा र पर्सामा आएको हावाहुरीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली दिएका छन् ।
सोमबार एक शोक वक्तव्य जारी यनले भनेका छन्, ‘बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासी आएको त्रासदीपूर्ण आँधीबेहरीबाट कम्तिमा २७ जनाको मृत्यु तथा ६ सय १२ भन्दाबढी घाइते भएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ ।’
‘अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, साथै आँधीबेहरीका घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दछु ।’
त्यसैगरी पीडितको छिटो उद्दार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई उनको आग्रह छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५