काठमाडाैं : बारा र पर्सा जिल्लामा गएराति आएको हावाहुरीबाट घाइतेहरुको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालको एक टोली वीरगञ्ज पुगेको छ ।
डा. राज राणा र डा. अभिजित अधिकारीको नेतृत्वमा पाँच सदस्सीय टोली आज दिउँसो बिरगञ्ज पुगेको हो । अस्पतालका महाप्रबन्धक विजय रिमालका अनुसार गम्भीर घाइते भएकाहरुलाई तत्काल राहत दिन सो टोलीले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर उपचार गर्ने छ ।
हेलिकप्टरबाट गएको टोलीले जटिल शल्यक्रियाका साथै हेलिकप्टरमै उपलब्ध भएको आईसियु सेवासमेत दिने छ । टोली उपेन्द्र महतोसमेत छन् । रिमालले आवश्यक पर्ने सम्पूर्ण उपकरण समेत टोलीले लिएर गएको जनाउँदै गम्भीर घाइते भएकाहरुलाई हेलिकप्टरबाट काठमाण्डौमा ल्याएर उपचार समेत गर्न सकिने बताए ।