चन्द्रौटा : शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु ४८ प ६९२८ नम्बरको मोटरसाइकलबाट मध्यराति चन्द्रौटाबाट घर फर्किने क्रममा तीव्रगतिमा रहेका थारू चेक गर्न रोकिएको ट्रकको पछाडि ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका थारूको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकरी दिए ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५