झण्डै पाँच दशक लामो राजनीतिक यात्रा गरेका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई एक दशक लामो सशस्त्र माओवादी ‘जनयुद्ध’को मूल नेतृत्वमा रहेका थिए । वैकल्पिक शक्तिका रूपमा आगामी चार वर्षभित्र देशलाई नेतृत्व दिने अभियानमा आफूहरू रहेको बताउने भट्टराईका विशेषगरी राजनीतिक जीवनका उतारचढावबारे आजकोन्युजकर्मी जगन्नाथदुलाल र घनेन्द्रओझाले गरेको कुराकानी प्रस्तुत छ ।
तपाईंकोझण्डैपाँचदशकलामोराजनीतिकयात्राकासुखदवादुखदक्षणसम्झनाछन्?
जीवन भनेकै सुखद् र दुखद् क्षणहरूको समष्टिगत पुञ्ज हो । सबै मान्छेका यस्ता क्षण हुन्छन्, मेरा पनि यस्ता क्षण छन् । तर मेरो जीवनमा दुखद् भन्दा सुखद् क्षण नै बढी छन् ।
म सामान्य किसान परिवारमा जन्मिएको मान्छे हुँ । राम्रो शिक्षा प्राप्त गर्ने र देश दुनियाँ बुझ्ने अवसर पाएँ । यो मेरा निम्ति सुखद पक्ष हो । गाउँको एउटा स्कुलबाट बोर्ड फर्स्ट हुनु पनि सुखद पक्ष हो मेरो ।
अस्कल क्याम्पसमा पनि आईएस्सीमा बोर्ड फर्स्ट नै भएँ ।
त्यसपछिभारतजानुभयोपढ्न, त्यहाँकाकेहीसम्झनाछन्?
छन्, भारतमा जहाँ म आर्किटेक्चर पढ्थेँ, त्यहाँ धनीका, ठूला व्युरोक्रेट्सका छोराछोरी पढ्ने गर्थे । म त्यहाँ पनि राम्रो विद्यार्थी भएकाले मसँग अन्य विद्यार्थी पढ्न आउँथे । म उनीहरूकहाँ जान्थेँ तर साथीका बुबाआमाले कान्छा, कान्छी भनेर उनीहरूका घरका काम गर्ने नेपालीलाई बोलाउँथे । यस कुराले मलाई च्वास्स घोच्थ्यो । त्यसपछि मलाई देश समृद्ध नबनाई नहुनेरहेछ भन्ने लाग्यो । यसका लागि राजनीतिमा नेतृत्व नगरी हुँदैन भन्ने लाग्यो । त्यही भएर अखिल भारतीय नेपाली विद्यार्थी संघ बनाएर राजनीतिमा लागेँ । त्यसबेलाका नेपाली नेताहरू वीपी कोइराला, तुलसीलाल अमात्य, पुष्पलालहरू, मोहनविक्रमसँग भेट्दै अगाडि बढेँ ।
अभानेविसंघमा विवाद भएर तपाईंलाई अध्यक्षबाट हटाइयो नि !
त्यो बेला हाम्रो अभानेविसंघ साझा संगठन थियो । त्यही बेला वीपी राष्ट्रिय मेलमिलाप भनेर नेपाल फर्किनुभयो तर उहाँलाई जेलमा राखियो । उहाँ क्यान्सरको बिरामी पनि हुनुहुन्थ्यो । मैले अभानेविसंघको अध्यक्षका हैसियतले उहाँ (वीपी)लाई उपचारका लागि रिहा गर्नुपर्छ भनेर वक्तव्य निकालेँ । त्यसबेला मण्डलेहरूको दबदबा थियो । अन्य दलहरूलाई त सुन्न पनि सक्दैनथे । त्यस्तो अवस्थामा दूताबासकै केही मान्छेले केही व्यक्तिलाई उचालेर मेराविरुद्धमा वक्तव्यबाजी गर्ने र मलाई हटाइयो भन्ने प्रचारबाजी गरेका हुन् । तर त्यसपछि अन्य धेरै साथीले भने मलाई सहयोग गरे । त्यसपछि झन् म स्थापित हुनपुगेँ । सबैसँग राम्रो भयो सम्बन्ध । कांग्रेस, कम्युनिष्ट सबै पार्टीका नेताले मलाई भेटे ।
तपाईंकोपरिवारगोरखाकाराजाहरूकोपुरोहित, ज्योतिषीकोपरिवारहो, कसरीकम्युनिष्टविचारधाराप्रतिआकर्षितहुनुभयो?
सत्य र न्याय के हो भन्ने मेरो खोजी हो । यो दुनियाँलाई बुझ्ने कुरा वैज्ञानिक र वस्तुवादी हुनुपर्यो । म आफैँमा विज्ञानको विद्यार्थी पनि हुँ । यो जगत भौतिक जगत हो । यसको विकासबारे मार्क्सको द्वन्द्वात्मक भौतिकवादले सुव्यवस्थित ढंगले व्याख्या गर्छ । यसर्थ यो विज्ञानसम्मत ढंगले गरिएको व्याख्या उपयुक्त हो भन्ने लाग्यो ।
यसर्थ म कसैको भनाइ वा बहकाउमा लागेर नभई आफ्नै अध्ययन र ज्ञानका कारण कम्युनिष्ट बनेको हुँ । अर्को कुरा नेपालमा जुन बेरोजगारी, उत्पीडन र गरिबी थियो, त्यसको अन्त्यका लागि सुरुमा कांग्रेसले केही गर्न खोजेको त हो तर पछि वीपीले जुन मेलमिलापको नीति ल्याएर राजासँग मिल्ने कुरा गर्नुभयो त्यसपछि भने राजा, जो सामन्तवादको केन्द्र हो, उसैसँग मिलेर त परिवर्तन संभव छैन भन्ने लाग्यो । र, कांग्रेसभन्दा कम्युनिष्ट नै प्रगतिशील रहेछन् भन्ने पनि लाग्यो । तर त्यस बेलासम्म वीपी कोइरालाप्रति म निकै आकर्षित थिएँ ।
प्रसंगबाबुराम–प्रचण्डसम्बन्धतिरमोडौँ।तपाईंहरूकोसम्बन्ध२०४०सालदेखिरह्यो।बीचमातपाईंहरूबीचप्रेमरघृणाकोजस्तोसम्बन्धबढ्दैगयो।तपाईंलाईप्रचण्डलेदुईपटककारवाहीपनिगर्नुभयो... ।
मैले लोकतान्त्रिक गणतन्त्र भनेपछि प्रचण्डले ज्ञानेन्द्र (तात्कालीन राजा)लाई खुसी पार्न मलाई हटाएको भन्ने मेसेज दिन खोज्नुभएको हो ।
प्रचण्डजीले स्टालिनको सूत्र घोकेर मार्क्सवादी बन्नुभएको । यहीँनेर हाम्रो चिन्तन र शैलीमा भिन्नता थियो । उहाँको नोकरशाही, निरंकुशतावादी सोच, मेरोचाहिँ अलिक लोकतान्त्रिक र जनतासँग प्रत्यक्ष सहभागिता हुने सोच । यसै कारण हाम्रो संघर्ष हो ।
तपाईंलेप्रचण्डलाईराजावादीकोआरोपलगाउने, प्रचण्डलेतपाईंलाईभारतपरस्तकोआरोपलगाउनेक्रमपनिचल्योनि? भन्नेहरूलेबाबुरामसँगप्रचण्डडराउने, प्रचण्डसँगबाबुरामडराउनेअवस्थालेत्यस्तोभएकोभन्थेनि, खासकेहो?
त्यस्तो होइन । प्रचण्डजी स्टालिनवादी धारबाट आउनुभयो । पार्टीमा एउटा ठूलो र बलियो नेता हुन्छ र त्यसलाई सबैले मान्नुपर्छ भन्ने स्टालिनवादी मान्यता जुन छ, प्रचण्डजी त्यस धारमा हुनुहुन्थ्यो । ऊ सर्वज्ञानी हुन्छ र कार्यकर्ताले उसलाई मानिरहनुपर्छ भन्ने मान्यता थियो उहाँको । उहाँ त्यस्तै बन्न चाहनुहुन्थ्यो ।
म भने भारतमा पढ्ने क्रममा जवहारलाल नेहरु विश्वविद्यालय जस्तो ठाउँमा, जुन मार्क्सवादी दर्शन र वामपन्थीहरूको अध्ययनको त महत्त्वपूर्ण केन्द्र नै हो, त्यहाँ पढेर मार्क्सले वास्तवमा के भनेका थिए भन्ने बुझेको । तर प्रचण्डजीले स्टालिनको सूत्र घोकेर मार्क्सवादी बन्नुभएको । यहीँनेर हाम्रो चिन्तन र शैलीमा भिन्नता थियो । उहाँको नोकरशाही, निरंकुशतावादी सोच, मेरोचाहिँ अलिक लोकतान्त्रिक र जनतासँग प्रत्यक्ष सहभागिता हुने सोच । यसै कारण हाम्रो संघर्ष हो । व्यक्तिगत टकराव होइन ।
मेरो सोच राजतन्त्र अन्त्य गरी लोकतन्त्र ल्याएपछि मात्र समाजवादको ढोका खुल्छ भन्ने, प्रचण्डजीचाहिँ राजासँग मिलेर भए पनि सत्तामा पुगिन्छ भने भइहाल्छ भन्ने । यस्तो परंपरावादी सोच राख्ने उहाँ । यही कुरामा हाम्रो संघर्ष हो । तर अन्ततः मैले भनेकै लाइन संघीय लोकतान्त्रिक गणतन्त्रमै देश त पुग्यो नि त !
फौजीरसांगठनिकहिसाबलेप्रचण्डतगडा, वैचारिकरराजनीतिकहिसाबलेबाबुरामतगडा, यीदुईलाईमिलाएरलैजाननसकेकोहोभन्नेविश्लेषणपनिसुनिन्छनि?
हामी संघीय गणतन्त्रमा त पुग्यौँ त, नमिलाएको भए कसरी पुग्थ्यौँ ?
यदित्यसोभएतीनदशकबढीसँगैसंघर्षगरेरआएकाप्रचण्डरबाबुरामअन्ततःकिनछुट्टिए?
युग पूरा भयो, कार्यभार पूरा भयो । एउटा यात्रा पूरा भयो । यात्रा पूरा भएपछि त अर्को यात्रा सुरु गर्नुपर्छ नि ! अरू सहयात्री हुन्छन् नि अर्को यात्रामा । अबको यात्रा हिजोको लड्ने भिड्ने बन्दुक चलाउने भन्दा फरक यात्रा हो । त्यही भएर म नयाँ यात्रामा नयाँ यात्रीसँग हिँडेको हुँ । उहाँ (प्रचण्ड)सँग कुनै दुश्मनी होइन ।
तपाईंअहिलेनयाँशक्तिपार्टीनेपालकोसंयोजकहुनुहुन्छ।नयाँशक्तिपार्टीकोशक्तिकतिछ?
हामी अहिले बिरुवा रोप्दै छौँ । यो बिरुवा रोप्ने बेला हो । हामीले कति फल लाग्यो भनेर सोचेका छैनौँ । हामीले राम्रो बिरुवा रोपेका छौँ । हुर्किन समय लाग्छ तर यसले राम्रो फल दिन्छ भन्नेमा विश्वस्त छौँ ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५