काठमाडौं : वरिष्ठ पत्रकार किशोर नेपाल ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५’ बाट सम्मानित हुने भएका छन् । यो सम्मान नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्ट पोखराद्वारा स्थापना गरिएको हो ।
१ लाख ११ हजार १ सय ११ रूपैया र सम्मानपत्र रहेको यो सम्मान चैत १९ गते प्रदान गरिने पत्रकार महासंघ कास्कीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५