इनरुवा ः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । आइतबार भएको आगलागीबाट १२ लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको छ ।
आगलागीमा ४ वटा घर र एउटा चौपया जलेर नष्ट हुँदा १२ लाखबराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको १/१ वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।
आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्ररही नायब उपरीक्षक फुयालले बताए । स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५