काठमाडौं : मलेसियाले नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएको छ । योसँगै मलेिसया जाने बाटो खुल्ने सम्भावना बढेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले केही दिनअघि मात्र स्वास्थ्य परीक्षणको मापदण्ड बनाएर नेपाललाई पठाएको हो ।
अब मन्त्रालयले कालोसूचीमा नपरेका र नवीकरण भएका स्वास्थ्य परीक्षण गर्ने संस्थाको लागि मापदण्ड सार्वजनिक गर्ने छ । नाम सार्वजनिक भएका संस्थाले मात्र परीक्षणको लागि अनुमति पाउने छ ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।
समझदारी कार्यान्वयनमा आएपछि कामदार निःशुल्क मलेसिया जान पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५