भोजपुर :भोजपुरको नारदमणि थुलुङ सहायक राजमार्गमा शुक्रबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
सहायक राजमार्ग अन्तर्गत भोजपुरको पूर्वी अरुण गाउँपालिका ६ जरायोटारको माझीचोक नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् । भोजपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४४८४ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाइते हुनेमा धनकुटा हिलेका ४५ वर्षीय गणेश पाण्डे र धनकुटा मुगाका ३५ वर्षीय मनकुमार तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका चालक भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –३ का मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुलाई तत्कालै उपचारका लागि धरानतर्फ लगिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५