नेपाल दक्षिण एशियाको तेस्रो खुसी हुने मुलुकमा परेको छ । संयुक्त राष्ट्र संघको दिगो विकास समाधान सञ्जालले गरेको सर्वेक्षण अनुसार नेपाल खुसी हुने तेस्रो मूलुकमा परेको हो ।
विश्वमा भने नेपाल १०० औँ स्थानमा छ । दक्षिण एशियामा सबैभन्दा खुसी हुने मूलुक पाकिस्तान बनेको छ । पाकिस्तान विश्वको ६७ औँ खुसी हुने मूलुकमा छ । त्यस्तै भुटान ९५औँ स्थानमा छ ।
गत वर्ष भन्दा नेपाल एक स्थानमाथि उक्लिएको छ । उता अफगानिस्तान र भारत क्रमश १५४ र १४० औँ खुसी हुने मुलुक बनेका छन् । विश्वको खुसी मूलुकमध्ये बंगालादेश र श्रीलंका क्रमश १२५ र १३० औँ स्थानमा छन् ।फिन्लयाण्ड पुन एकपटक विश्वको खुसी मूलुकमा समेटिएको छ ।संसारकाे सबैभन्दा खुसि हुने मुलुकमा फिनल्याण्ड छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५