भोजपुर : भोजपुरको काफ्लेमा भएको बुलेरो दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन । सदरमुकामदेखि उत्तरमा रहेको दिङलाबाट भोजपुरतर्फ आउँदै गरेको बुलेरो गाडी भोजपुर नगरपालिका ९ काफलेमा बिहीबार करिव ११:१५ बजे तिर दुर्घटना भएको हो ।
यात्रु बोकेर आएको को १ ज २२६७ नम्वरको बुलोरो गाडी ट्रनिङ काटने क्रममा दुर्घटना भएको अस्थाई ट्राफिक प्रहरी कार्यालय भोजपुरका हवल्दार मोहन न्यौपानेले बताए ।
दुर्घटनामा परी चालक खोटाङ घर भएका निरकुमार राई, भोजपुर नगरपालिका ४ का २४ वर्षीय गणेश खडका, षडानन्द नगरपालिका १० का ३५ वर्षीया सरिता राई र सोही वडा बस्ने बर्ष ७ का निङमा तामाङ रहेका छन ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको अस्थाई ट्राफिक प्रहरी कार्यालय भोजपुरका हवल्दार न्यौपानेले बताए । बुलेरोमा सवार अन्य यात्रुहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५