काठमाडौं : विगत एक दशक यता देखिएको र यस पालीको होलीमा निक्कै फरक देखियो । किनभने विगतका बर्षहरुमा चलचित्र पत्रकार र चलचित्रकर्मीवीच निक्कै घनिष्टता पूर्वक होली खेलिन्थ्यो । तर, यस वर्ष त्यस्तो भएन, किन ? कारणहरु धेरै होलान । तर, विशेषत चलचित्रले राम्रो व्यापार गर्न नसक्नु र चलचित्र पत्रकार सस्तो हुनुलाई पनि यसको विशेष कारण मान्न सकिन्छ ।
अभिनेत्री करिष्मा मानन्धर यस पाली एसईई परिक्षा दिने भएको हुदा उनले आफ्नो पति विनोद मानन्धरको जन्मदिनमा मनाउँदै आएको होली यस पाली मनाईनन् । यता चलचित्र पत्रकारले पनि यस पाला आफ्नै नै सक्रियतामा अनामनगरमा छुट्टै होली कार्यक्रमको आयोजना गरेर मनाए । यस अघिका वर्षहरुको उद्हारण हेर्ने हो भने चलचित्र पत्रकारलाई प्रायः कलाकार तथा चलचित्र यूनिटले निमन्त्रण गर्थे ।
र, उनीहरु सवैसंग रमाईलो गर्दै दिन विताउँथे । तर, यस वर्ष त्यस्तो केही देखिएन । नदेखिनुको अर्थ यो होइन कि उनीहरुवीच सम्वन्धमा तुषारो आएको होस । जति चलचित्र बने, प्रायः सवै प्लप भए । अर्को त, युट्यूव हावी हुदा पनि यस्तो अवस्था आएको हुन सक्ने केही चलचित्रकर्मीको भनाई छ ।
अभिनेत्री करिष्मा मानन्धरले आफ्नो घरमा होली मनाउँदा प्रायः सवै खालका कलाकार त्यहाँ पुग्दा एक खालको माहोल नै छुट्टै हुने गथ्र्यो । तर, उनले त्यसो नगर्दा सवै टुहुरो जस्तो भएको टीप्पणी गर्छन, चलचित्रकर्मीहरु । एक त फिल्मकर्मीवीचको सम्वन्ध आपसमा राम्रो नहुनु, त्यसमाथि चलचित्र पत्रकारले छुट्टै होली मनाउँनुलाई धेरैले नराम्रो रुपमा लिएका छन् ।
यस वर्षको होलीमा कलाकारहरु सार्वजनिक कार्यक्रममा खासै देखिएनन् । गायक÷गायिकाहरुको उपस्थिती देखिएपनि फिल्मका कलाकारहरु भने सार्वजनिक कार्यक्रममा खासै देखिएका थिएनन् । डिजे र गायक÷गायिकाहरुको तुलनामा चलचित्रका कलाकारहरु विशेषता होलीमा खासै नहुने भएकाले पनि हुन सक्छ । तर, अघिल्लो बर्षको तुलानामा यस वर्ष साच्चै नै होलीमा फिल्मका कलाकारहरु खासै सार्वजनिक कार्यक्रममा नदेखिएकै हुन् ।
केही कलाकारहरु भने सार्वजनिक रुपमा गएपनि उनीहरुको उपस्थितीले खासै चर्चा पाउँन भने सकेको पाईदैन । दीपाश्री निरौला विराटनगर गईन भने केही कलाकारहरु राजधानीकै टोल टोलमा आयोजना भएको कार्यक्रममा उपस्थिती जनाएका थिए । तर, उनीहरुले उल्लेख्य चर्चा पाउन सकेनन् ।
सोसियल मिडियामा कलाकार
सार्वजनिक कार्यक्रममा देखा नपरेपनि पारिवारिक कार्यक्रममा भने प्रायः कलाकारहरुले होली खेलेको फोटोहरु सार्वजनिक गर्न भ्याएका छन् । अधिकांस कलाकारहरुले आफ्नो फेसवुकमा होली खेलेको फर्मल फोटोहरु राखेका छन् । मिस नेपालदेखि हिरो–हिरोईनहरु प्रायःले आफ्नो फेसबुकमा फोटोहरु विहानैदेखि राखेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५