काठमाडौं : होलीको अबसर पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा रूपेश बाँस्कोटाको शब्द र संगीत रहेको छ ।
‘ह्याप्पी होली’ गीतको म्युजिक भिडियोमा समन अधिकारीको निर्देशन तथा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । टंक केसीले यस गीतमा छायांकन गरेको यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । यस भिडियोमा सुरेन्द्र बसेल र समीक्षा पोखरेलको अभिनय रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५