झरीले पनि जमिनलाई अंकमाल गरिरहेछ
गड्याङ्ग गुडुङ्ग गर्दै आकाश सवाल गरिरहेछ ।
निथ्रुक्क भिजेर रुखको ओतमा के पुगेका थिए,
जोडीलाई पानीका थोपाले जाँँचपड्ताल गरिरहेछ ।
उसले छाता जानी जानी यसकारण बोकेन,
भेटिन्छिन कि छातावाली ख्याल गरिरहेछ ।
हजुरबुबा एकोहोरो बलेसी हेरिरहनु हुन्छ,
लाग्दो हो उमेरले पनि आलटाल गरिरहेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६