काठमाडौं । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो ।
स्रोतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७ १५:०६