हरारे ः जिम्बाब्वेको पूर्वीक्षेत्रमा आएको आँधीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् ।
शुक्रबार मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए ।
आँधीका कारण हजारौं मानिस प्रभावित बनेका छन् । आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुल बाढीले बगाएको छ ।
पूर्वी चिनामानिमनी जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीलाई दिएको जानकारी अनुसार २४ जनाको मृत्यु भएको र १०० भन्दा बढी सम्पर्कमा आउन सकेका छैनन् ।
आँधी र वर्षापछि आएको बाढीका कारण २५ घरहरूको निशानै मेटिने गरी बगाएको बताइएको छ । बाढी, पहिरो र आँधीका कारण सयौं घरमा क्षति पुगेको बताइएको छ ।
आँधीपूर्व गत हप्ता भएको अत्यधिक वर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित भएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५