विलिङ्गटन : न्युजिल्यान्डको क्राइस्टचर्चमा बन्दुकधारीले दुई वटा मस्जिदमा गरेको गोलाबारीमा ४० जनाको मृत्यु भएको छ भने अन्य २० जना गम्भीर घाइते भएका छन् ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आतंकवादीले गरेको यो आक्रमण देशका लागि एउटा कालो दिन भएको टिप्पणी गरेकी छन् ।आक्रमणमा संलग्न भएको आशंकामा तीन जना पुरष र एक जना महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख माइक बुसले जानकारी दिए ।
तर आक्रमणकारी अरु पनि हुनसक्ने उनले आशंका जनाएका छन् । पक्राउ परेकामध्ये एक जना अस्ट्रेलियन नागरिक रहेको बताइएको छ ।अल नुर मस्जिद नजिकै रहेका एक प्रत्यक्षदर्शीले मस्जिदमा आक्रमणको प्रत्यक्ष भिडियो बनाएको र आफूले मानिसहरु रगतमा लत्पतिएको देखेको बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५