क्वालालम्पुर । उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोपमा जेलमा रहेकी इन्डोनेसियन युवती मुक्त भएकी छन् ।
इन्डोनेसियन महिला सिती अइसयहम अत्यधिक बिशालु पदार्थ भीएक्स नर्भ एजेन्ट किमको अनुहारमा दलेर मलेसियाको क्वालालम्पुर विमानस्थलमा सन् २०१७ मा हत्या भएको थियो । सो घटनामा सामेल भएको आरोपमा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
उनीसँगै हत्या आरोपमा पक्राउ परेकी भियतनामी डोन थि होङ्गले किमको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गर्दै आफूहरुलाई कुनै टेलिभिजन प्रयांकजस्तो लागेर अरु कसैले दिएको पदार्थ अनुहारमा दलेको तर उनको हत्याको यो षढयन्त्रमा सामेल नरहेको उल्लेख गरेकी छन् ।
हत्या आरोप प्रमाणित भएको भए उनलाई मृत्युदण्डको सजाय हुन सक्थ्यो । हत्या आरोप लागेका दुवै जना घटनामा सामेल भएको पर्याप्त प्रमाण नभेटिएको उल्लेख गरिएको छ ।
किम जोङ–नामलाई कुनै समय उत्तर कोरियाका भावी शासकका रुपमा समेत लिइन्थ्यो । तर उनका बाबु किम जोङ इलको निधनपछि किम जोङ उन उत्तर कोरियाको शासक बने र उनलाई त्यसबाट बाहिर राखियो ।
त्यसपछि उनी मकाउ, चीन, मलेसिया, सिंगापुरजस्ता देशहरुमा बस्दै आएका थिए । उनले उत्तर कोरियामा पारिवारिक शासनविरुद्ध आवाज उठाउँदै आएका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५