इथियोपियाको एडिस अबाबाबाट केन्याको नैरोबिका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा सवार सबै यात्रुको मृत्यु भएको छ ।
एयरलाइन्सको बोइङ ७३७ जहाज इथियोपियाको एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको सो जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको एयरलाइन्सले पुष्टि गरेको छ ।
जहाजमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी जम्मा १ सय ५७ जनाको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको हो । स्थानीय समय अनुसार ८ बजेर ३८ मिनेटमा उडेको पछिल्लो पटक ८ बजेर ४४ मिनेटमा विमान सम्पर्कमा आएको थियो ।
उडान भएको केही क्षणमा नै जहाज दुर्घटना भएको बताइएको छ । एयरलाइन्सले भनेको छ, ‘एडिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको छ ।’ एयरलाइन्सले उद्धार जारी रहेको बताएको छ ।
इथियोपियाका प्रधानमन्त्री अविय अहमदले भने दुर्घटनमा परी निधन भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ट्विट गरेका छन् ।