फाइल फाेटाे
भर्जिन एटलान्टिक एयरलायन्सले आफ्ना महिला क्याबिन क्रुलाई बिनामेकअप काम गर्ने अनुमति दिएको छ । यसका साथै उनीहरूले विकल्पको रूपमा रातो कपडामा ट्राउजर लगाउन पाउने छन् ।
केही समयअघि ट्राउजर लगाउन पाउने अनुमति दिए पनि युनिफर्म डिपार्टले भने विशेष रूपमा आदेश दिएको थिएन । एयरलाइन्सले भनेको छ, ‘हाम्रो नयाँ योजनाले महिला क्याबिन क्रुलाई सहजता मात्र प्रदान गर्दैन, हाम्रो टीमलाई धेरै विकल्प प्राप्त हुने छन् ।
अब महिला क्याबिन क्रुले मेकअप गर्नैैपर्छ भन्ने जरुरी छैन । तथापि एअरलाइन्सको निर्देशनमा रही लिपिस्टिक लगायतका साम्रगी लगाउने निर्णय गरे पनि त्यो निर्णय स्वागतयोग्य रहने कम्पनीले जनाएको छ ।
कर्मचारीको प्रतिक्रियाका आधारमा कम्पनीले निर्णय लिएको हो । ब्रिटिस, अमिरात जस्ता एरलाइन्समा भने अहिले पनि काम गर्ने समयमा महिला क्याबिन क्रुले अनिवार्य रूपमा मेकअप गनुपर्ने प्रावधान छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५