मेक्सिको सिटी ः मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दुक तथा ग्रिनेड आक्रमण गर्दा कम्तीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा ७ जना शङ्कास्पद लागूऔषध कारोबार र अन्य १ व्यक्तिको मृत्यु भएको सुरक्षाकर्मीले पुष्टि गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५