पेरिस ः फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा ४ अर्ब २ करोड युरो (४ अर्ब ७१ करोड अमेरिकी डलर) ले बढेको त्यहाँको राजस्व विभागले शुक्रबार बताएको छ ।
जनवरी महिनामा देखिएको थप व्यापार-घाटा निरन्तर वृद्धि भएसँगै अहिले १६.७ प्रतिशत पुगेको छ ।
यो समयमा विदेशमा गरिने निर्यातमा करिब १ प्रतिशतले कमी आउँदा ४२ अर्ब ५ करोड युरो बराबरको घाटा भएको देखिएको छ ।
प्रशोधित पेट्रोलियम पदार्थ, गाडीजन्य सामग्रीको उत्पादनका साथै गरगहना निर्यातमा आएको कमी कारण व्यापार घाटा चुलिँदै गएको जिम्मेवार रहेको केन्द्रीय भन्सार सेवा विभागले जनाएको छ ।
फ्रान्सको विमानजन्य सामग्रीको निर्यातमा पनि यस वर्ष कमी आएको बताइएको छ । भन्सारको तथ्यांकअनुसार फ्रान्सले गत वर्षको डिसेम्बरमा ४३ विमानको विक्रीबाट ३ अर्ब ३० करोड युरोबराबर आम्दानी गरेकोमा जनवरीमा जम्मा २२ वटा विमानको बिक्री भएको र यसबाट २ अर्ब १० करोड युरो आम्दानी गरेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५