दमासकस ः सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्रमा विद्रोहीले सरकारी सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको एक युद्ध अनुगमन अधिकारीले बताएका छन् ।
सिरियाली विद्रोही समूहको पकड क्षेत्र, जसलाई सरकारले सेनाको बलमा नियन्त्रणमा राख्दै आएको उक्त क्षेत्रमा सरकारी सुरक्षा फौजमाथि विद्रोहीले आक्रमण गरेपछि भएका झडपमा २० सैनिक र ५ विद्रोहीको मृत्यु भएको हामाको ग्रामीण इलाकाबाट युद्ध अनुगमन अधिकारीलाई उद्धृत गर्दै सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
बेलायतस्थित मानवअधिकारवादी उक्त समूहका अनुसार विद्रोही सेनाविरूद्धको आक्रमणपछि उक्त स्थानबाट भागेका छन् । घटनामा केही सैनिक गम्भीर घाइते भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । झडप भएको क्षेत्र गत वर्ष रुस र टर्कीको पहलमा शान्ति क्षेत्र घोषणा गरिएको इलाका हो ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५