काबुल ः मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरू धेरै मानिस बेपत्ता भएका छन् ।
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले कम्तीमा १० जना बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् ।
देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५