इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरूलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका छन् ।
जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेखेका हुन् । उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरू र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
उनले अहिले किन राजीनामा दिएका हुन्हो भन्नेबारेमा केही जानकारी दिइएको छैन । विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५