लन्डन ः बेलायत यूरोपेली यूनियन (इयु) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) विषयमा यस साता संसदमा हुने भनिएको मतदान केही पर सर्न सक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले आइतबार बताएकी छन् ।
मतदानको दिन केही पर सर्ने सम्भावना भए पनि आगामी मार्च १२ सम्ममा संसदमा मतदान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएकी छन् ।
प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन्, ‘हामीले ब्रेक्जिट सम्झौताका विषयमा हुने अर्थपूर्ण मतदानलाई यस साता गर्नेछैनौं । तर, यो आगामी मार्च १२ सम्ममा सम्पन्न हुनेछ ।’
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५