पाकिस्तानको पेसावर शहरबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
वरिष्ठ प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार माध्यमहरुलाई दिएको जानकारीअनुसार लागुऔषध कारोबारीहरूको सञ्जाल तोड्ने क्रममा ७७ जनालाई पक्राउ गरिएको हो ।
लुकको राजधानी शहर पेसावर र पाकिस्तानको खिबर पख्तुनवा प्रान्तका विश्वविद्यालय र सरकारी क्याम्पस वरपर विद्यार्थीहरूलाई लागुऔषध बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।
प्रहरीले ९ जनालाई अबासिन विश्वविद्यालय र पेसावरको सरकारी कलेज नजिकबाट गिरफ्तार गरेको बताएको छ ।