चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ ।
चिनियाँ अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार शनिबार मजदुर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरू २९ जना घाइते भएका छन् ।
जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८:२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
चीनका कोइलासमेतका अरू खानीहरू मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छन् । चीनमा वर्सेनि सयौँको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५