अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोन उनबीच भियतनाममा शिखर वार्ताको तयारी भइरहेको छ । अर्काे साता हुने वार्ताका लागि दुबै नेता भियतनाम पुगिसकेका भने छैनन् तर भियतनामको राजधानी हनोइमा एउटा दृश्यले त्यहाँका आम नागरिक चकित परे । सडकमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एकाएक सडकमा सँगै हिडेको देखिए, तब भियतनामी नागरिकलाई त्यो दृश्य अनौठो लागिरहेको थियो ।
तत्कालै त्यहाँका आम नागरिकले यी दुबै नेतालाई घेरे । उनीहरु तस्विर लिन थाले । उन र ट्रम्प भियतनाम आएको बारे सञ्चारमाध्यममा कुनै खवर नआइरहेका बेला एक्कासी ति दुई नेतालाई सडकमा देखेपछि नागरिक झुम्मिएका थिए ।
यथार्थ भने फरक थियो । ति दुई सक्कली उन र ट्रम्प थिएनन्, ति थिए त नेताको भेष धारण गरेका नक्कली व्यक्ति । ट्रम्प र उनको भेष धारण गरेर सडकमा हिडिरहेका ति दुई व्यक्तिलाई जब प्रहरीले नियन्त्रणमा लियो, तब त्यहाँका नागरिकले पनि नक्कली भएको पत्तो पाए । प्रहरीले नक्कली नेताहरुलाई नियन्त्रणमा लिएर सोधपूछ गरेको थियो ।
किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स थिए भने ट्रम्प जस्तो देखिन रसेल ह्वाइट भएको प्रहरीले जनाएको छ । ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए। सोधपूछ पश्चात् दुवैजनालाई प्रहरीले रिहा गरिदिएको बीबीसीले जनाएको छ।
समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताएका छन् । किम जोन उनको नक्कल गर्ने हावर्ड एक्स खासमा हंगकंगका बासिन्दा हुन्। उनले एएफपीलाई भने, उनीहरूले नक्कल गर्न बन्द गर्न अन्यथा देशबाट बाहिर निकालिदिने भनेका छन्।
हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा एउटा नक्कली शिखरसम्मेलनको समेत आयोजना गरेका थिए। उनीहरूले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका थिए।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५