काठमाडौं : भारतको बेंग्लोरमा आयोजित एरो इण्डिया २०१९ का क्रममा अर्को दुर्घटना हुँदा लगभग १०० गाडी जलेर खरानी भएका छन् ।
शनिबार आयोजना स्थल नजिकै पार्किङमा भिषण आगलागी भएको भारतीय समाचार एजेन्सीले बताएको छ ।
यो भन्दा पहिले पनि एरो इण्डिया शोका क्रममा सूर्यको किरणका कारण ठूलो दुर्घटना घटेको थियो । सुकेको घाँसमा लागेको आगोले भयानक रुप लिएपछि वायुमण्डल नै धुवाँले घेरिएको छ । धुवाँको कारण एरो इण्डिया शो केही समयको लागि स्थगित गरिएको छ ।
अग्नि नियन्त्रण विभागका अनुसार एक सय भन्दा बढी कारहरु यस डढेलोमा जलेका छन् । मानविय क्षति भने नभएको जनाईएको छ । सुकेको घाँस र जोरको हावाका कारण आगो लागेको अग्नि नियन्त्रण विभागका अधिकारीहरुले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५