इस्लामाबाद ः पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ
स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै साताको सुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातका कारण ती २८ व्यक्तिको मृत्यु भएको छ ।
पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका कारण चार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि ४ वटा हेलिकोप्टरको प्रयोग गरिएको मुख्यमन्त्रीले बताएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा पहिरो र हिमपातका कारण कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सो विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तान अधिनस्थ काश्मीरमा वर्षासँगै सम्बन्धित घटनामा परेर एक बालकको मृत्यु भएको छ । हिमपात र भारी वर्षाका कारण देशका धेरै पहाडी इलाकामा सडक तथा विद्युतीय लाइन पनि अवरुद्ध भएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५