गुवाहाटी ः भारतमा विषाक्त मदिरा सेवन गरेका कारण १५ महिलासहित २५ जनाको मृत्यु भएको छ ।
देशको उत्तर-पूर्वी राज्य असाममा भएको घटनामा मदिरा सेवनकर्ताको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीले जनाएका छन् ।
भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई साताभित्रमा विषाक्त मदिराका कारण झण्डै सय जनाको मृत्यु भएको छ ।
पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ ।
‘मदिरा सेवन गरी बिरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,’ बिरामीको उपचारमा संलग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताए । ‘उनीहरूको मदिरा सेवन गरेको केही घण्टाभित्रै मृत्यु भएको छ ।’
बिहीबार राती स्थानीय मदिरा व्यापारीसँग घरेलु मदिरा खरिद गरी ल्याएको र मदिरा सेवन लगत्तै उनीहरू बिरामी परेका जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले एएफपीलाई बताए ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५