काठमाडौँ । आम निर्वाचनको पूर्वसन्ध्यामा सबै राजनीतिक दलहरू जनताको घरदैलोमा गइरहेका छन् । स्थापित दलहरूमा उत्पन्न भएका असन्तुष्टिका चाङहरुले वैकल्पिक राजनीतिक पार्टीहरू उत्साहित भइरहेका छन् । नेपाली कांग्रेस विपी यस्तै एउटा वैकल्पिक पार्टी हो जसले प्रजातन्त्रमा विश्वास गर्नेहरूको मत प्राप्त गर्ने अपेक्षा गरिरहेको छ । कांग्रेसले आफ्नो वैचारिक धरातल गुमाएको दावी सहित स्थापना भएको कांग्रेस बीपी प्रजातन्त्रमा विश्वास गर्नेहरूको उपयुक्त पार्टी आफै भएको दावी गरिरहेको छ । कांग्रेस बिपीको स्थापना, योजना र उद्देश्य बारे केन्द्रित भएर आजको न्युजले सभापति सुशीलमान शेरचनसँग भिडियो संवाद गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९