१४ माघ, काठमाडौँ । अहिलेसम्म नापी नभएको मुस्ताङको लोमान्थाङ आसपासको थुर्लुङ, छुलुप भन्ने स्थानको जग्गाको वैज्ञानिक नापी गरिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त स्थानको जग्गाको नापी गर्ने निर्णय गरेको हो । बैठकले नवलपरासीको बेलाहानी र मासपुरका बसोवासीको जग्गा दर्ताका लागि समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कर्मचारी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ भने प्रकाश माथेमालाई सचिवमा पदोन्नती गरेको छ । बैठकले त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीसँग भएको समझदारीलाई कार्यान्वयन गन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वीर अस्पतालका पूर्व रजिस्ट्रार डा श्रीकृष्ण गिरी र शिक्षा मन्त्रालय, उच्च तथा प्राविधिक महाशाखाका सहसचिव सदस्यसचिव रहनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७३