काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्नेछ ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भए पनि समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
यस्तै, समूह ‘ए’ को उपविजेता हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र ओमानबीचको सेमिफाइनल खेलमा दुवै टोलीको लक्ष्य फाइनल प्रवेश गर्ने हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले एसीसी एसिया कपमा स्थान बनाउनेछ ।
त्यसैले एसीसी प्रिमियर कपको सेमिफाइनल खेल नेपालका लागि एसिया कपमा छनोट हुने महत्वपूर्ण अवसरका रूपमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३