काठमाडौं । २०औँ एसियाली खेलकुद २०२६ अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित भएकी छन् ।
महिला ७० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी पुनम भारतकी ताखेलाम्बाम इनुगान्वीविरुद्ध इप्पोनका आधारमा पराजित भएकी हुन् । अनुभवी खेलाडी पुनमबाट नेपालले पदकको आशा गरेको थियो ।
यसअघि बुधबार जुडोमा नेपालले चार खेलमा हार बेहोरेको थियो ।
महिला ४८ केजीमुनि निशा श्रेष्ठ हङकङकी वोङ कालीसँग इप्पोनका आधारमा पराजित भएकी थिइन् । यस्तै, महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ भियतनामकी लाम थि ग्गान हासँग युकोका आधारमा पराजित भएकी थिइन् ।
पुरुष ६६ केजीमुनि विशेष विक हङकङका वोङ काकीसँग वाजा अरीका आधारमा पराजित भए । सोही तौल समूहमा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग इप्पोनका आधारमा पराजित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३