२८ माघ, काठमाडौँ । होन्डुरसमा भएको एक फुटबल खेलमा दर्शकले गरेको गोललाई मान्यता दिइएको छ । दर्शकले मैदानमा छिरेर गोल गरेका हुन । तर अचम्मको कुरो दर्शकले गरेको गोललाई रेफ्रीले वैधानिकता पनि दिएका छन् ।
गएको आइतबार राति होन्डुरस लिगमा ओलम्पियाले रोजर रोजासको गोलमा अतिरिक्त समयमा मोटाग्युविरुद्धको खेललाई २–२ गोलको बराबरीमा ल्याएको थियो । ओलम्पियाका खेलाडी रोजरले बल अगाडि बढाउदै गर्दा ओलम्पियाका एक समर्थक मैदान छिरे र गोल हाने । क्लब समर्थकले गरेको गोलको विरोध मोटाग्यु क्लबका खेलाडीले गरेपनि रेफ्रीले उनीहरूको कुरा सुनेनन् र दर्शकले गरेको गोललाई बैधानिकता दिए ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७३