३ फागुन, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनले पदबाट राजीनामा दिएका छन् । रुससँगको सम्बन्धका विषयलाई लिएर चर्को आलोचना भएपछि फ्लिनले मंगलबार राजीनामा दिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । फ्लिनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समहाल्नुअघि रुसका राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धका बारेमा कुरा गरेको अमरिकी सञ्चारमाध्यमले जनाएका थिए । यही कारण उहाँमाथि राजीनामाका लागि दबाब परेको परेको हो । अमेरिकाको विदेश नीति अनुसार कुनै पनि व्यक्तिले कुटनीतिक विषयमा छलफल गर्नु गैरकानुनी मानिन्छ । डेमोक्याट्रिक पार्टीका धेरै शीर्ष नेताले फ्लिनलाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पलाई दबाब दिएका थिए । राष्ट्रपतिको सुरक्षा सल्लाहकारको रुपमा नियुक्त व्यक्तिले राष्ट्रपतिलाई अन्तराष्ट्रियसम्बन्ध तथा सुरक्षाका विषयमा सल्लाह दिन्छन् । फ्लिनको बचाउ गर्दै उपराष्ट्रपति माइक पेन्सले प्रतिबन्धका विषयमा कुराकानी नभएको बताउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७३