१६ माघ, काठमाडौँ । चार्टड क्यापिटल तथा इन्भेष्टमेण्ट प्रालिले आफ्ना सेयर सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । राजधानीको चाबहिलस्थित इलाइट ग्राण्ड स्कुलको हलमा शनिबार सम्पन्न अन्तरक्रियामा संस्थाको आगामी ५ बर्षे व्यापार योजना सार्वजनिक गरिएको छ । ३० करोड आधिकारकि पुँजीबाट कारोबार गर्ने लक्ष्य राखिएको सो संस्थाले अहिले ६ करोडको चुक्ता पुँजिबाट आफ्नो काम आरम्भ गरेको छ । अन्तरक्रियामा संस्थाले आगामी दिनमा अख्तियार गनुपर्ने रणनीतिका बारेमा सेयर सदस्यहरु बिच छलफल भएको थियो । १० प्रतिशत बोनसबाट सुरु गरेर आगामी ५ बर्ष भित्र सेयर सदस्यहरुलाई ५० प्रतिशत बोनस उपलब्ध गराउने लक्ष्य संस्थाले लिएको छ ।
५० प्रतिशत सेयर मार्केट, २० प्रतिशत रियल स्टेट, भेन्चर २० प्रतिशत र ल्वीकिडिटीमा १० प्रतिशत लगानी गर्ने गरि संस्थाले लगानीका क्षेत्र निर्धारण गरेको छ । संस्थाका सञ्चालक बिष्णुबहादुर जीसीले संञ्चालन गरेको सो अन्तक्रियामा अर्का सञ्चालक दुर्गाप्रसाद नेपालले सेयर सदस्यहरुलाई स्वागत गर्नुभएको थियो । यस्तै सेयर सदस्यहरुले उठाएका जिज्ञाशाको जफाव दिनुका साथै संस्थाको भावी योजना बारे अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले प्रष्ट पार्नुभएको थियो । यस्तै अन्तरक्रिया कार्यक्रममा योजना आयोजनका पुर्व सदस्य तथा व्यवास्थापनबद् डा जनकराज शाहले मुलुकको बर्तमान आर्थिक अवस्था र समस्या र आर्थिक उन्नतीका बारेमा आफ्नो धारणा राख्नु भयो ।
बित्त, बिमा, सेयर बजार तथा आर्थिक क्षेत्रका बिज्ञहरु सम्मीलित यो संस्थाले सेयर सदस्यहरुको आर्थिक बिकासमा उल्लेख्य भुमिका खेल्ने सहभागीहरुले बिश्वास गरेका छन । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष चन्द्रसिंह साउद करिब २५ बर्ष देखि मुलुकको बिमा क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाहा गर्दै आउनु भएको थियो । उहाँ यसअघि नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: शनिबार, माघ १५, २०७३