२ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली संशोधन गर्दै एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । निवर्तमान प्रमुख उपेन्द्रकान्त अर्यालले पनि सोमबार साँझ अवकास पाएका छन् । उनी प्रहरी प्रधान कार्यालयबाट औपचारिक रुपमा विदा भइसकेका छन् । जिम्मेबारी पाउने पोखरेल प्राविधिकतर्फका एआईजी हुन् । सरकारले शुक्रबार डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७३