३ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशन मंगलबारबाट सुरु भएको छ । पहिलो चरणमा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुमा मंगलबार जिल्ला अधिवेशन भैरहेको छ । यतिखेरसम्म गुल्मी र म्याग्दीमा सहमतिमा नेतृत्व चयन भएको छ । अन्य जिल्लाहरुमा पनि अधिवेशन चलिरहेको छ । गुल्मीमा नवराज भुषालको नेतृत्वमा सर्वसम्मतिमा नेतृत्व चयन भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यले जानकारी दिनुभयो । त्यस्तै म्याग्दीमा तारानाथ शर्माको नेतृत्वमा सहमतिमै नेतृत्व चयन भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतमले जानकारी दिनुभयो । प्रेस युनियनको बहिष्कारको कारण तनहुँमा भने कुनै विवाद नभए पनि आजका लागि तोकिएको अधिवेशन स्थिगित भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७३