काठमाडौं । बाबर हायातको शानदार अविजित शतकप्रेरित हङकङले एसीसी प्रिमियर कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो ।
एक समय १३३ रनमा ७ विकेट गुमाइसकेको हङकङलाई बाबर हायात र एहसान खानले उत्कृष्ट पुनरागमन गराए । बाबरले शतक पूरा गर्दै एहसानसँग १२८ रनको अविजित साझेदारी गरेपछि हङकङले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो ।
बाबरले १२७ बलमा ७ चौका र ७ छक्काको मद्दतले ११७ रन बनाएर अविजित रहे । एहसान खान ३४ रनमा नटआउट रहे । त्यसअघि शाहिद वासिफले ४५ रनको योगदान दिए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४४ रन खर्चिएर ४ विकेट लिए । शेर मल्लले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।
अब नेपालले जितका लागि ५० ओभरमा २६२ रन बनाउनुपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३