काठमाडौँ । भारतको उत्तराखण्डमा आज एक दिनको लागि १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाईँदै छ । हरिद्वार जिल्लाको दौलतपुरकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले आज एक दिनको लागि मुख्यमन्त्री बनाउन लागेको हो ।
उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगका अनुसार २४ जनवरीमा राष्ट्रिय बालदिवसको अवसरमा सृष्टिलाई एकदिनको मुख्यमन्त्री बनाउन लागिएको हो । उनी उत्तराखण्डको पहिलो महिला तथा पहिलो बालिका मुख्यमन्त्री हुने छन् ।
आज बाल विधानसभामा उनी मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् । सरकारका विभिन्न विभागका कार्यक्रममा पनि उनी मुख्यमन्त्रीकोरुपमा सहभागी भइ सुझाव दिनेछिन् । कार्यक्रममा उत्रराखण्डका मुख्यामन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रम भारतीय समयअनुसार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म चल्नेछ ।
१९ वर्षीया किशोरीलाई एक दिनको मुख्यमन्त्री बनाउनुको उदेश्य बालिकाहरुको शशक्तिकरणका लागि भएको उत्तराखण्ड बालअधिकार संरक्षण आयाले जनाएको छ । सृष्टिलाई यस अघि बालविधानसभाको मुख्यमन्त्री चुनिएको थियो । उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्छ । जसमा अलग अलग स्थानबाट छात्राहरुले सहभागीता जनाउँछन् । अनि आफैले विधानसभा सन्चालन गर्छन् ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७