काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८३० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज १५०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७