काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।
शुक्रबार देशभर १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर परीक्षण भएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७