काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।
आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७