काठमाडौं । नेपालमा एकै दिन थप १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ४ हजार ५ छ। योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७