काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षिय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो । ‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसा रउनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनका अनुसार मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७