काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर ५७३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यसै गरि २४ घण्टामा मृत्यु हुनेको संख्या २६ पुगेको छ। यो संगै मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।
गौतमका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ। देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ ।
देशमा कुल संक्रमितमध्ये ६८.७ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ छ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७