काठमाडौँ । काठमाडौं उपत्यकामा आज १७०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
२४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७