काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन्।
तीन राउण्डको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्।
फाइनलमा प्रवेश गरेसँगै ढाँट यूएफसीमा स्थान बनाउने ऐतिहासिक उपलब्धिको नजिक पुगेका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३